भारतमा थप एक लाख ७२ हजारमा कोरोना सङ्क्रमण

92
Shares

नयाँ दिल्ली, २० माघ । भारतमा पछिल्लो २४ घण्टामा देशभर एक ७२ हजार ४३३ थप व्यक्तिमा कोरोना सङ्क्रमण भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्याङ्कले देखाएको छ ।

यसै अवधिमा कोरोना सङ्क्रमणको कारण एक हजार ८ जनाको मृत्यु भएको पनि सो मन्त्रालयले जानकारी दिएको छ । यससँगै भारतमा कोरोना सङ्क्रमणको कारण मृत्यु भएका कुल संख्या ४ लाख ९८ हजार ९८३ पुगेको छ ।

हाल देशमा १५ लाख ३३ हजार ९२१ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका पनि सो मन्त्रालय थप जानकारी दिएको छ । यस अवधिमा ८७ हाजार ६८२ जना सक्रिय सङ्क्रमित घटेका समाचारमा जनाइएको छ । लगातार १० औं दिनसम्म भारतमा सक्रिय सङ्क्रमित संख्या घटेको मन्त्रालयले बताएको छ ।

हालसम्म कुल तीन करोड ९७ लाख ७० हजार ४१४ जना निको भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने गत २४ घण्टामा २ लाख ५९ हजार १०७ जना निको भएका छन् ।

सिन्ह्वा

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *