सिटामोलको अभाव छैन, आयातलाई प्रोत्साहित गर्नेहरुले चलाएको हल्ला मात्रै हो : एपोन

काठमाडौँ, ११ माघ ।  नेपाल औषधि उत्पादक संघ (एपोन)ले देशमा कुनै पनि औषधिको अभाव नभएको बताएको छ । उसले बजारमा सिटामोलको अभाव भएको भन्ने विषयलाई स्वदेशी उद्योगको मानमर्दन गरी आयातलाई प्रोत्साहन गर्ने मनसाय भएका व्यक्तिहरुबाट चलाइएका हल्ला को संज्ञा दिएको छ ।

एपोनले मंगलबार जारी विज्ञप्तीमा देशका लागि चाहिने ९९ प्रतिशत सिटामोल स्वदेशकै उद्योगहरुले बनाउने भन्दै पर्याप्त कच्चा पदार्थ र उत्पादन भइरहेको स्पष्ट पारेको छ । उसले अभावको हल्लाले केही व्यक्तिहरुले अनावश्यक रुपमा धेरै खरीद गरी मौज्दात गरेको देखिएको भन्दै त्यसो नगर्न समेत सर्वसाधारणसंग आग्रह गरेको छ ।

एपोनका अध्यक्ष प्रज्वलजंग पाण्डे र महासचिव विप्लभ अधिकारीद्धारा हस्ताक्षर भएको विज्ञप्तीमा अहिले पनि नेपाल औषधि लिमिटेड बाहेकको स्वदेशी उद्योगहरुले पुसमहिनामा करिब ४३ लख पारासिटामोल ५०० एमजीको चक्की बजारमा पठाएको, माघ महिनाको दोस्रो सातामा ३५ लाख चक्की र यो महिनाको अन्तिममा अर्को ३५ लाख गरी ७० लाख चक्की बजार पठाउने लक्ष्य लिएको उल्लेख छ ।

एपोनले आजकै दिनमा १९ हजार ४६० केजी पारासिटामोल बन्ने कच्चा पदार्थ रहेको र त्यसबाट करीव ३ करोड ८४ लाख ८३ हजार ९०० चक्की पारासिटामोल बन्ने जनाएको छ ।

उसले विज्ञप्तीमा भुकम्प र नाकावन्दीका बेलामा र कोभिडको यसअघिको महामारीका बेलामा समेत चौध बर्ष अघिकै मूल्यमा बिक्री गरिरहेको स्पष्टा परेको छ ।

हेर्नुहोस विज्ञप्ती

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *