एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण

384
Shares
फाइल फोटो

काठमाडौँ, ९ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण भएको छ। संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका ओलीको शनिबार पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजटिभ आएको हो । उनीसंगै पत्नी राधिका शाक्यलाई पनि संक्रमण देखिएको बताइएको छ ।

संक्रमित दुबै जना अहिले होम क्वारेन्टिनमा रहेका छन ।

ओलीको सचिवालय टिम सदस्य एव फोटोग्राफर राजन काफ्लेलाई केही दिन अघि संक्रमण देखियो । त्यसपछि ओली र श्रीमती राधिका शाक्य कन्ट्याक्ट ट्रेसिङमा परेका थिए । ‘काफ्ले जीको आइजाई भइनै रहने भयो । उहाँ संक्रमणमा परेपछि सबैको जाँच गर्ने निर्णय भयो । सोही क्रममा रिपोर्ट पोजेटिभ आएको हो,’ सचिवालयका एक सदस्यले भने ।

रिपोर्ट पोजेटिभ आएपनि ओलीको स्वास्थ्य अवस्था भने अहिले सामान्य भएको ती सदस्यले बताए ।

समसामयिक विषयमा आइतबार पत्रकार सम्मेलन गर्ने तयारीमा रहेका ओली आफै संक्रमणमा परेपछि कार्यक्रम स्थगित गरिएको छ । अब विज्ञप्तीमार्फत पार्टीको धारणा सार्वजनिक गर्ने तयारीमा रहेको ती सदस्यले जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *