भारतमा ओमिक्रोन संक्रमितको संख्या साढे आठ हजार भन्दा बढी

60
Shares

नयाँदिल्ली, ४ माघ । भारतमा ओमिक्रोन संक्रमितको संख्या साढे आठ हजार भन्दा बढी पुगेको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयका  अनुसार हालसम्म ओमिक्रोन संक्रमितको संख्या ८ हजार ८९१ पुगेको छ ।

त्यसैगरी कोरोनाभाइरसबाट चौबिस घण्टामा थप दुई लाख ३८ हजार १८ जना सङ्क्रमित भएका छन् । अघिल्लो दिनको तुलनामा दैनिक सङ्क्रमितहरुको सङ्ख्या घटेको देखिएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जनाएको छ ।

भारतमा अहिलेसम्म कुल तीन करोड ७५ लाख भन्दा बढी कोरोनाभाइरसबाट सङ्क्रमित भईसकेका छन् ।

पछिल्लो २४ घण्टामा भारतमा एक लाख ५७ हजार ४२१ जना सङ्क्रमणमुक्त भएका छन्। भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या तीन करोड ५३ लाख ९४ हजार ८८२ रहेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी चौबिस घण्टामा ३१० जनाको कोरोनाका कारण मृत्यु भएको छ भने अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरुको सङ्ख्या चार लाख ८६ हजार ७६१ रहेको छ । त्यहाँ कोरोना भाइरस निको हुने दर ९४.०९ प्रतिशत रहेको जनाइएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *