मानसिक अस्पतालको निर्देशकमा डा. अनन्त अधिकारी नियुक्त

डा. अनन्त अधिकारी

काठमाडौँ, १९ पुस । मानसिक अस्पताल पाटनको निर्देशकमा डा. अनन्त अधिकारी नियुक्त भएका छन् । स्वास्थ्य मन्त्री बिरोध खतिवडाले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै डा. अधिकारीलाई निर्देशकको जिम्मेवारी दिएका हुन् ।

यसअघिका निर्देशक डा. मोहनराज श्रेष्ठको तीन साता अघि नै अनिवार्य अवकाश भएको थियो । त्यसपछि पाटन अस्पताल निर्देशक विहीन थियो ।

‘आइतबार (हिजो) नै पत्र बुझेको छु । आजबाट नयाँ जिम्मेवारी सम्हाल्छु,’ डा. अधिकारीले भने ।

डा. अधिकारी सो अस्पतालमा प्रमुख कन्सलट्यान्ट साइक्याटिक्स (एघारौं तह) का चिकित्सक हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *