मानसिक अस्पतालको निर्देशकमा डा. अनन्त अधिकारी नियुक्त

काठमाडौँ, १९ पुस । मानसिक अस्पताल पाटनको निर्देशकमा डा. अनन्त अधिकारी नियुक्त भएका छन् । स्वास्थ्य मन्त्री बिरोध खतिवडाले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै डा. अधिकारीलाई निर्देशकको जिम्मेवारी दिएका हुन् ।
यसअघिका निर्देशक डा. मोहनराज श्रेष्ठको तीन साता अघि नै अनिवार्य अवकाश भएको थियो । त्यसपछि पाटन अस्पताल निर्देशक विहीन थियो ।
‘आइतबार (हिजो) नै पत्र बुझेको छु । आजबाट नयाँ जिम्मेवारी सम्हाल्छु,’ डा. अधिकारीले भने ।
डा. अधिकारी सो अस्पतालमा प्रमुख कन्सलट्यान्ट साइक्याटिक्स (एघारौं तह) का चिकित्सक हुन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 


