बेलायतमा कोरोना भाइरस संक्रमण सुरु भएपछिकै बढी संक्रमित भेटिए

84
Shares

लण्डन, १४ पुस । बेलायतमा कोरोना भाइरसको संक्रमण सुरु भएदेखिकै सबैभन्दा बढी संक्रमित भएका बताइएको छ । यहाँ गएको २४ घन्टा यता मात्र अर्थात् सोमबार मात्र कम्तीमा पनि १ लाख २९ हजार ४७१ जना संक्रमित भेटिएका छन् । यहाँका स्वास्थ्य अधिकारीहरुले सो कुरा बताएका हुन् ।

उनीहरुका अनुसार सोमबार यहाँ सोमबार कोरोनाका कारण १८ जनाको ज्यान गएको बताएका छन् । यहाँ अहिलेसम्ममा १ करोड २३ लाख भन्दा बढी संक्रमित पाइएका छन् ।त्यसैगरी बेलायतका स्वास्थ्य अधिकारीहरुले यहाँ अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट कम्तीमा पनि १ लाख ४८ हजार २१ जनाको ज्यान गएको बताएका छन् ।

यहाँ पछिल्लो समयमा ओमिक्रोनको संक्रमण पनि बढ्दै गएको छ । जसका कारण यहाँको सरकारले कतिपय सार्वजनिक कार्यहरुमा प्रतिबन्ध लगाएको छ भने सतर्क रहन आग्रह पनि गरेको छ ।पछिल्लो समयमा यहाँ ओमिक्रोनको प्रकोप बढेपछि अस्पताल भर्ना हुने संक्रमितहरुको संख्या पनि बढ्दो देखिएको छ ।

सिन्हा

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *