नेपाल र भारतबीच कोभिड खोप प्रमाणपत्रलाई पारस्परिक मान्यता दिने सम्झौँता

काठमाडौँ, ७ मंसिर ।  नेपाल र भारतबीच कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि सम्झौँता भएको छ ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक कार्यक्रम आयोजना गरी खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि समझदारी पत्रमा हस्ताक्षर भएको हो।

स्वास्थ्य सचिव डा रोशन पोखरेल र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्य मन्त्री विरोध खतिवडाको उपस्थितिमा कोभिड खोप प्रमाणपत्रको मान्यताका लागि समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।

यो सम्झौता भएसँगै अब नेपालमा लगाइएको खोपलाई भारतले मान्यता दिने र भारतमा खोप लगाएकाहरुको प्रमाणपत्र नेपाल सरकारले मान्यता दिनेछ ।

कार्यक्रममा बोल्दै स्वास्थ्य सचिव डा रोशन पोखरेलले नयाँ सम्झौँता अनुसार अब नेपाल र भारतका जनतालाई एक अर्को मुलुकमा आइजाई गर्न थप सहजता हुने बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *