आज पनि १२ देखि १७ बर्ष उमेर समूहका बालबालिकालाई फाइजर खोप दिईदै

332
Shares
भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यरोपण कोप केन्द्रमा फाइजर खोप लगाइदिदै स्वास्थ्यकर्मीहरु

काठमाडौँ, ७ मंसिर । काठमाडौँ उपत्यकामा आज पनि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोभिडविरुद्धको फाइजर खोप दिईदै छ ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको योजना अनुसार गत आइतबार देखि यो उमेर समूहका स्वस्थ बालबालिकालाई खोप दिन थालिएको हो । यसअघि विभागले २८ कात्तिक देखि ४ मंसिरसम्म १२ वर्ष माथिका दीर्घ रोगीहरुलाई खोप दिएको थियो ।

स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख शम्भू काफ्लेले आज पनि जिल्लाका पाँचवटै केन्द्रमा फाइजर खोप सञ्चालन भइरहेको बताए । उनले खोपको उपलव्धताको आधारमा केन्द्रहरुमा १२ देखि १७ बर्ष उमेर समूहका बालबालिकालाई खोप दिइएको सुनाए ।

उता भक्तपुरमा पनि शहीद धर्मभक्त राष्टिय प्रत्यारोपण केन्द्र र भक्तपुर क्यान्सर अस्पतालमा खोप सञ्चालनमा रहेको छ । यस्तै पाटन अस्पतालमा पनि खोप सञ्चालनमा रहेको बताइएको छ ।

काठमाडौँमा वीर अस्पताल, शहीद गंगालाल हृदयरोग प्रतिष्ठान, सिभिल अस्पताल, नेपाली सेनाको अस्पताल छाउनी र त्रिवि शिक्षण अस्पतालमा यो खोप दिइएको छ ।

भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यरोपण कोप केन्द्रमा फाइजर खोप लगाइदिदै स्वास्थ्यकर्मीहरु
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *