आँखा स्वास्थ्य सम्वन्धि केही तथ्य

पछिल्लो समय बालवालिकाहरुमा आँखा स्वास्थ्यको समस्या बढ्दै गएको छ । शहरीक्षेत्रका बालवालिकाहरुमा दुरदृष्टि कमजोर हुदै गएको छ । कोरोना महामारीले अध्ययन समेत मोबाईल, कम्प्युटर,ल्याबटपमा सिमित हुँदा उनीहरुको नजिकको दृष्टि कमजोर हुदै गएको छ ।
शहरीक्षेत्रका १५ प्रतिशत बालवालिकामा चस्मा प्रयोग गर्नपर्ने अवस्था छ तर ५० प्रतिशतले चस्माको प्रयोग नै नगर्ने छन । सरकारले आफ्नो नीति तथा कार्यक्रममा आँखा स्वास्थ्य तथा जा कार्यक्रमलाई प्राथमिकता दिएको छ । स्कुल जाने सबै बालवालिकाहरुको आँखा जाँच गराउने योजना छ ।
नेपालमा….
- १ लाख २० हजार मानिस दृष्टिीविहिन छन् ।
- १० लाख २५ हजार मानिसमा उच्च तथा मध्यम प्रकारको दृष्टिदोषको समस्या रहेको छ ।
- ११ लाख ५० हजार मानिस अन्धोपना वा दृष्टिदोषबाट प्रभावित छन् ।
- दृष्टिदोष भएका मध्ये ८९ % मानिसहरु विकासोन्मूख देशमा बसोबास गर्दछन् ।
- अन्धोपनाको ६६% अन्धोपन उपचार गर्न सकिने खालका छन् ।
- अन्धोपनाको १६% अन्धोपन रोकथाम गर्न सकिने खालका छन् ।
- उच्च तथा मध्यम प्रकारका न्यूनदृष्टि रहेका मध्य लगभग ६० % तथा मध्यम प्रकारको न्यून दृष्टी महिलामा रहेको छ ।
- न्यूनदृष्टिको मूख्य कारणहरुमा दृष्टिदोष, मोतिविन्दु र जलविन्दु रहेका छन् ।
- दृष्टिविहिनको मूख्य कारणहरुमा मोतिविन्दु, जलविन्दु र आँखाको पर्दा रहेका छन् ।
- पछिल्लो २० वर्षमा संक्रमण जस्तै ट्रकोमाका कारण ले हुने न्यूनदृष्टि समस्या उन्मूलन भएको छ ।
- हरेक वर्ष नेपालमा अनुमानित ३० % मानिसलाई आँखाको जाँच गराउनुपर्ने देखिन्छ ।
- सन् २०१४ मा नेपालमा गरिएको पहिलो र ठूलो सर्भे नेपाल पेडियाट्रिक अकुलर डिजिज स्टडीमा ०.०६% बालबालिकामा बाल अन्धोपन देखिन्छ । त्यसमध्ये ८० % बालबालिकाहरुको उपचार गरेर हटाउन सकिने अन्धोपन भेटिएको छ ।
बिश्व स्वास्थ्य संगठनको २०२० को एक रिर्पाेटले आ“खा स्वास्थ्य सेवामा समानता नरहेको जनाएको छ । बिश्वभर २.२ बिलियन अर्थात २ अर्ब २० करोड मानिसमा अन्धोपनाको समस्या रहेकोमा १ बिलियन अर्थात १ अर्ब अन्धोपनाका शिकार छन,जस्लाई बचाउन,उपचार गर्न सकिन्थ्यो ।अर्धविकसित देश,मध्यम आय भएका देश,ग्रामीण भेग,जेष्ठ नागरिक,महिला,अपांग,जनजाती तथा आर्थिक अवस्थाले पीछडिएका ब्यक्ति आँखास्वास्थ्य सेवा पाउन बञ्चित छन ।तसर्थ जनचेतना,राजनीतिक चासो तथा लगानी बढाउनपर्ने कुरामा जोड दिएको छ ।
रिर्पाेटको मुख्य सार जनता लक्षित आ“खा सेवालाई बढाउने र प्राथमिक आ“खा सेवा बलियो बनाउने हो जस्ले जनता लक्षित आखा सेवा,युनिभर्सल हेल्थ कभरेज र दिगो विकास लक्ष्यलाई टेवा पुरयाउनेछ ।
अन्धोपनाका मूख्य कारणहरु :
- मोतिविन्दु र यस सम्बन्धित
- आँखाको पर्दा जन्य रोगहरु
- आँखाको नानीमा हुने अन्धोपना
- जलविन्दु
- दष्टिदोष
- अन्य
अन्तमा,आँखा चिसो र सफा पानीले दैनिक २ पटक पखाल्नपर्छ । आँखा पटक पटक चलाउने तथा झिम्क्याउने गर्नपर्छ ।आँखा मिच्ने,जे पायो त्यो औषधी राख्ने गर्नहुदैन । चस्मा लगाउनपर्छ । हरिया तथा पहेला जातका फलफुल र सागसब्जी सेवन गर्नपर्छ । भिटामीन ए राष्ट्रिय कार्यक्रममा समावेश भई क्याप्सुल खानपर्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 





मेरो आखामा चोट लागेर पर्दाको अप्रेसन गरेपछी राम्ररी देख्न सकेको छैन।के पछि मेरो दृष्टि मा सुधार आउँछ? अथवा सुधार हुने कुनै उपचार बिधि छ?