बागमती प्रदेशमा पनि बन्यो स्वास्थ्य मन्त्रालय, स्वास्थ्य मन्त्री बने प्रदीपकुमार कटुवाल

प्रदीपकुमार कटुवाल

काठमाडौँ, २३ भदौ । बागमती प्रदेशले पनि छुट्टै स्वास्थ्य मन्त्रालय बनाएको छ । यसअघि बागमतीमा स्वास्थ्यको जिम्मेवारी सामाजिक मन्त्रालय हेर्दै आएको थियो । मुख्य मन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार मन्त्रीपरिषद् विस्तार गर्ने क्रममा बागमतीमा छुट्टै स्वास्थ्य मन्त्रालय बनाएकी हुन् ।

उनले सिन्धुलीबाट प्रतिनिधित्व प्रदेश सांसद प्रदीपकुमार कटुवाल क्षेत्रीलाई स्वास्थ्य मन्त्रीमा नियुक्त गरेकी हुन् ।

नवगठित मन्त्रिपरिषद्मा केशव खड्का भौतिक पूर्वाधार विकास मन्त्री बनेका छन् भने डा. अजय क्रान्ति शाक्यलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यस्तै रचना खड्का आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भएकी छन् भने शान्तिप्रसाद पौडेल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका छन् । बिजय सुवेदीलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ भने चन्द्र लामालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री नियुक्त गरिएको छ ।

मुख्यमन्त्री शाक्यले जीवन खड्का, सरस्वती बाटी, जुनेली श्रेष्ठ र बद्री मैनालीलाई राज्यमन्त्रीमा नियुक्त गरेकी छन् । खड्का भौतिक पूर्वाधार विकास राज्यमन्त्री, बाटी उद्योग राज्मन्त्री, श्रेष्ठ सामाजिक विकास राज्यमन्त्री र मैनाली भूमि व्यवस्था, कृषि तथा सहकारी राज्मन्त्रीमा नियुक्त भएका हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *