चीनबाट मध्यरातमा आइपुग्यो ८ लाख डोज भेरोसेल, थप ८ लाख आज बेलुका आईपुग्ने

गएराती आएको खोप

काठमाडौँ, ३ भदौ । चीनबाट खरीद गरिएको कोभिडबिरुद्धको खोप भेरोसेलको ६० लाख डोज मध्ये ८ लाख डोज गएराती १२ बजे काठमाडौँ आईपुगेको छ ।

हिजो विहान काठमाडौँबाट चीनको प्रान्तीय शहर तियनजीन पुगेको नेपाल एयरलायन्सको वाइडबडी जहाजले मध्यरात खोप काठमाडौँ ल्याइपुर्‍याएको हो ।

स्वास्थ्य सेवा विभाग आपूर्ति शाखाका अधिकृत बडेबाबु थापाले मध्यरात १२ बजेतिर खोप बोकेको जहाज काठमाडौँ अवतरण गरेको बताए । उनले राती आएको खोप अस्थायी व्यवस्थापन गरी अहिले टेकुस्थित गोदाममा लैजाने तयारी भएको जानकारी दिए ।

यसैबीच चीनबाट आजै थप ८ लाख खोप आउने भएको छ । नेपाल एयरलायन्सकै जहाजले चीनको प्रान्तीय शहर तियनजीनबाट आज बेलुका ८ बजे थप ८ लाख डोज भेरोसेल ल्याउने भएको हो । खोप लिनका लागि विहान ७ ४५ बजे जहाज त्यस तर्फ उडिसकेको छ ।

सरकारले चिनिया कम्पनी सिनोफार्मसंग नन् डिस्क्लोजेवल एग्रीमेन्ट गरी ६० लाख खोप खरीद गर्ने निर्णय गरेको थियो । खरीद गरिएको १६ लाख डोज आज बेलुकासम्म आइपुगेपछि बाँकी ४४ लाख पनि अगष्ट महिना भित्रै आइपुग्ने बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *