फाइजर खोप खरीद प्रक्रिया अघि बढ्यो, सरकारले गर्‍यो ‘नन् डिस्क्लोजेवल एग्रीमेन्ट’

काठमाडौँ, १२ साउन । सरकारले कोभिडविरुद्ध प्रयोग हुँदै आएको फाइजर खोप खरीदको प्रक्रिया अघि बढाएको छ । अमेरिकी कम्पनी फाइजर बायोन्टेकसंग यसै साता ‘नन् डिस्क्लोजेवल एग्रीमेन्ट’  गरेको छ ।

सरकारले कोभिड – १९ विरुद्धका सबै खोप प्राप्तिका लागि पहल गरेको अवस्थामा फाइजरसँग पनि ‘एक तहको समझदारी भइसकेको’ र उक्त खोप खरिद गर्नका लागि ‘स्रोतको पनि जोहो भइसकेको,’ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले जानकारी दिए।

अमेरिकासहित केही मुलुकमा फाइजर- बायोएनटेकले विकास गरेको खोप १२ वर्षमाथिका उमेर समूहमा पनि प्रयोगमा ल्याइएको छ।

नेपालमा पनि सरकारले १२ देखि १८ वर्ष उमेर समूहका मानिसलाई उक्त खोप दिने लक्ष्य राखेको अर्यालले जानकारी दिए।

सरकारले बालबालिकाको सङ्ख्याका आधारमा ६० लाख फाइजर खोप प्राप्तिका लागि पहल अघि बढाइएको बताइएको छ।

त्यसबाहेक कोभ्याक्स सुविधामार्फत् थप ४० लाख मात्रा फाइजर खोप नेपालमा ल्याउने तयारी भइरहेको अधिकारीहरू बताउँछन्।

‘अहिले खोप खरीद प्रक्रिया र त्यसका लागि स्रोत सुनिश्चितता भएको विषयमा एग्रीमेन्ट भएको छ । कति परिमाण, कति मूल्यमा र कहिलेसम्म आउने भन्ने विषय अवको चरणमा प्रवेश गर्छ,’  सचिव अर्यालले भने ।

फाइजर खोप माइनस ७० डिग्री सेन्टीग्रेड तापक्रममा राख्नुपर्ने हुन्छ । त्यसका लागि नेपालमा प्रयाप्त भण्डारणको सुविधा समेत छैन् । उता खरीद प्रक्रिया सुनिश्चित भएसंगै उचित तापक्रमवाला भण्डारगृह बनाउने समेत तयारी अघि बढाउने बताएको छ ।

यसअघि सरकारले चिनिया कम्पनी सिनोफार्मसंग समेत ‘नन् डिस्क्लोजेवल एग्रीमेन्ट’ गरेको थियो ।

त्यहाँबाट ४० लाख डोज भेरोसेल खरीद गर्ने निर्णय गरेको थियो । निर्णय अनुसार अहिलेसम्म ३२ लाख भन्दा बढी डोज खोप काठमाडौँ आईसकेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *