इन्डोनेसियामा १२ देखि १७ वर्षकालाई कोरोना बिरुद्धको खोप लगाउन सुरु

232
Shares


जाकार्ता, १८ असार । इन्डोनेसियाको सरकारले यहाँका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका र युवायुवतीलाई पनि कोरोना भाइरसका विरुद्धको खोप लगाउन सुरु गरेको छ । प्राप्त समाचारअनुसार यहाँ ती नागरिकलाई खोप लगाउनका लागि शुक्रबारबाट अभियान नै सुरु गरिएको बताइएको छ ।

शुक्रबार एन्डोनेसियाको राजधानी जकार्तामा रहेको एक सार्वजनिक विद्यालयबाट सो खोप अभियानको सुरुवाता गरिएको बताइएको छ । आज बिहान सो विद्यालयका १०० जना विद्यार्थीलाई खोप लगाएर सो अभियान थालिएको छ । यहाँको सरकारले बालबालिकालाई खोप लगाउने कार्यक्रमलाई एक राष्ट्रिय अभियानका रुपमा सुरु गर्ने जनाएको छ ।

इन्डोनेसियाको जाकार्ता प्रान्तीय प्रशासनले यस क्षेत्रका कम्तीमा पनि १२ लाख जना बालबालिकालाई यो खोप दिने लक्ष्य राखेको छ । विद्यालयहरुमा नै पुगेर सो खोप दिइने यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

यहाँ यही जुलाई १ सम्मको तथ्यांकअनुसार यहाँका तीन करोडभन्दा बढी नागरिकले सिनोभ्याक्सको एक मात्रा खोप लगाइसकेका छन् । त्यसैगरी १ करोड ३० लाख मानिसले दुवै मात्रा खोप लिएका यहाँको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *