स्वास्थ्यमा समस्या देखिएपछि शताब्दी पुरुष सत्यमोहन जोशी अस्पताल भर्ना


काठमाडौँ, २८ जेठ । स्वास्थ्यमा समस्या देखिएपछि वाङ्मय शताब्दी पुरुष डा.सत्य मोहन जोशीलाई अस्पताल भर्ना गरिएको छ।

श्वास प्रश्वासमा समस्या, छातीको संक्रमण, मुटको चालमा गडबडी साथै रक्तचापमा कमी देखिएपछि जोशीलाई किष्ट शिक्षण अस्पताल ललितपुरमा भर्ना गरिएको हो।

उनलाई अस्पताललको डिलक्स सुइटमा भर्ना गरी उपचार सुरु गरिएको अस्पतालले जनाएको छ। स्वासप्रश्वासमा समस्या, छातीको संक्रमण, मुटुको चालमा गडबडीका साथै रक्तचापमा कमी देखिएपछि जेठ २६ गते अस्पताल भर्ना भएका थिए ।

उनको स्वासप्रश्वासको स्थिति र मुटुका चाल स्थीर रहेको अस्पताले जनाएको छ। जोशीको कोरोना  रिपोर्ट भने नेगेटिभ आएको छ।

१०२ वर्षीय जोशीको उपचारका लागि छाती रोग विशेषज्ञ प्राडा मीलेश जंग सिजापतिको नेतृत्वमा कार्डियोलोजिस्ट तथा क्रिटिकल केयर विशेषज्ञको संयुक्त टोली संलग्न रहेकोअस्पतालले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *