स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्ररमण सिंहलाई सीसीएमसीको पनि जिम्मेवारी

3.5k
Shares

काठमाडौँ, १३ जेठ । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्र रमण सिंहले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तर्फबाट कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)  मा समेत प्रतिनिधित्व गर्ने भएका छन् ।

स्वास्थ्य मन्त्रालयको केही दिनअघि बसेको बैठकले स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. सिंहलाई सीसीएमसीको जिम्मेवारी दिने निर्णय गरेको हो।

सरकारले गत ७ जेठमा ल्याएको कोभिड १९ संकट व्यवस्थापन सम्वन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८ मा कोभिड–१९ संकट व्यवस्थापन केन्द्रमा स्वास्थ्य सेवाका १२ औँ तहको अधिकृत सदस्य रहने व्यवस्था छ। स्वास्थ्यका १२ औँ तहका तीन जनामध्येबाट डा सिंहलाई तोकिएको हो ।

अध्यादेश आउनु अघि सीसीएमसीमा मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठले प्रतिनिधित्व गरेका थिए।

सीसीएमसीमा स्वास्थ्यका प्रतिनिधिबाहेक नेपाली सेनाका उपरथी, नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक, सशस्त्र प्रहरीको अतिरिक्त महानिरीक्षक, गृहमन्त्रालयको सहसचिव, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको सहसचिव सदस्य हुने प्रावधान छ ।

कोभिड -१९ को रोकथाम नियन्त्रण निदान र उपचार सम्बन्धी कामलाई सहज छिटो छरितो र प्रभावकारी बनाउन निर्देशक समितिको प्रत्यक्ष निर्देशन र नियन्त्रणमा रहनी गरी सीसीएमसी सञ्चालनमा ल्याइएको हो ।

निर्देशक समितिको प्रमुख प्रधानमन्त्री रहने व्यवस्था छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *