वीरको नयाँ भवनमा एक साता भित्रै कोरोना उपचार युनिट सञ्चालनमा ल्याइने
काठमाडौँ, १८ बैशाख । भर्खरै निर्माण सम्पन्न भएको वीर अस्पतालको नयाँ भवन (सर्जिकल भवन)मा २०० बेडको कोरोना उपचार युनिट सञ्चालनमा ल्याइने भएको छ । सो भवनमा एक साता भित्रै २०० बेडको कोरोना उपचार युनिट सञ्चालनमा ल्याइन लागिएको हो ।
उपत्यकाका अस्पतालमा कोरोना उपचारका लागि वेड अभाव हुँदा वीरको नयाँ भवनमा तत्काल सञ्चालनमा ल्याउन आवाज उठिरहेको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नीति योजना महाशाखा प्रमुख डा गुणराज लोहनीले एक साता भित्र वीरको नयाँ भवनमा कोरोना उपचार युनिट सञ्चालनमा आउने जानकारी दिए ।
उनले शुरुमा २०० बेडको कोभिड – १९ युनिट सञ्चालन गर्ने र आवश्यकताका आधारमा बेड बढाउँदै लैजाने बताए । उनले यो युनिटमा आइसीयू, एचडीयू र जनरनल बेडहरु उपलव्ध हुने बताए ।
कोभिड युनिट सञ्चालन गर्न मन्त्रालयले आवश्यक उपकरण र जनशक्ति सहयोग गर्ने उनले स्पष्ट पारे ।
सम्पर्क इमेल : [email protected]