उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयमा आकस्मिक बाहेकका सेवा बन्द

काठमाडौँ, १२ बैशाख ।  कोभिड -१९ को जोखिम बढेपछि काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सेवा एक साताका लागि बन्द गर्ने निर्णय गरका छन् । आइतबार बसेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुने अत्यावश्यक बाहेकका सेवा एक साताका लागि बन्द गर्ने निर्णय गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले सोमबारदेखि नै लागू हुनेगरी एक साताका लागि अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको जानकारी दिए । उनले एक साताका लागि नागरिकता, पासपोर्ट, संस्थादर्ता, नविकरण, फोटो खिचाउने जस्ता कार्यहरु नगर्ने बताए । तर शान्ति सुरक्षा सम्वन्धी कार्यहरु भने आकस्मिक पर्ने भएकोले त्यो जारी राख्ने जानकारी दिए ।

‘यो हामी तीनवटै जिल्ला प्रशासन कार्यालयको प्रमुखहरुको संयुक्त बैठकले गरेको निर्णय हो,’ उनले भने ।

त्यसो त जिल्ला प्रशासन कार्यालय काठमाडौँ का पाँच जना कर्मचारी कोरोना संक्रमणमा परेका छन् ।

पराजुलीले उनीहरुको कन्ट्क्ट ट्रेसिङमा अरु केही कर्मचारी पनि आइसोलेट हुनुपर्ने भएपछि नियमित काममा समेत केही अवरोध हुने भएकोले तत्काल आवश्यक नभएका कामहरुलाई केही दिन पछि सुचारु गर्ने गरी अहिले बन्द गरिएको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *