भारतमा एकै दिन थपिए १ लाख ७० हजार कोरोना संक्रमित

128
Shares

काठमाडौँ, ३० चैत । भारतमा कोरोना संक्रमणले दिनहुँ नयाँ रेकर्ड कायम गरेको छ । पछिल्लो चौविस घण्टामा देशभर एक लाख ६९ हजार ९१४ जनामा संक्रमण देखिएको हो । यो एकै दिन सबैभन्दा बढी संक्रमण भएको अहिलेसम्मकै बढी हो । यसअघि आइतबार देशभर १ लाख ५२ हजार ५६५ जनामा कोरोना संक्रमण देखिएको थियो ।

यस्तै पछिल्लो चौविस घण्टामा मृत्युको संख्याले पनि नयाँ रेकर्ड कायम गरेको छ । सोमबार एकै दिन ९०४ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयको रिपोर्टमा उल्लेख छ ।

यो पछिल्लो छ महिना यताकै एकै दिन सबैभन्दा बढी ज्यान गुमाएको संख्या हो । गत १७ अक्टोबरमा एकै दिन १ हजार ३२ जनाको ज्यान गएको थियो ।

पछिल्लो रिपोर्टसंगै देशमा कोरोनाको सक्रिय संक्रमितको संख्या १२ लाखको आसपासमा पुगेको छ । पछिल्लो दिनमा मात्रै थप ९३ हजार ५९० जना सक्रिय संक्रमित बृद्धि भएको छ । सक्रिय संक्रमितको संख्या ११ लाख ९५ हजार ९६० पुगेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *