नास्टद्धारा प्रदान गरिने प्रविधि पुरस्कार यसबर्ष डा. शेरबहादुर पुनलाई

डा. शेरबहादुर पुन

काठमाडौँ, २४ चैत । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले यस वर्षको प्रविधि पुरस्कार सरुवारोग विज्ञ डा. शेरबहादुर पुनलाई दिने निर्णय गरेको छ ।

नास्टको सोमबार बसेको ४४ औँ प्राज्ञसभाले विभिन्न ११ विधामा १७ जना व्यक्ति तथा संस्थालाई यस वर्षको पुरस्कार दिने निर्णय गरेकोमा प्रविधि पुरस्कार सरुवा रोग अस्पताल टेकुका डा. सरुवारोग विज्ञ पुनलाई दिने निर्णय गरेको हो ।

कोभिड- १९ महामारीका बेला अध्ययन, अनुसन्धान, तर कोभिडका बारेमा पर्याप्त जानकारी दिनुका साथै मानिसलाई सचेत गराउन भूमिका खेलेको भन्दै नास्टले डा. पुनलाई यस वर्षको राष्ट्रिय प्रविधि पुरस्कार पुनलाई दिने निर्णय गरेको नास्टका प्रवक्ता डा. सुरेशकुमार ढुंगेलले जानकारी दिए ।

डा. पुनले पनि आफूलाई प्रविधि पुरस्कारका लागि छनौट गरिएको जानकारी आएको बताए । ‘हिजो मलाई उपकुलपति ज्यूले म्यासेज गर्नु भएको थियो । मैलै कहिले पनि पुरस्कार पाउँछु भनेर काम गरिन । अनुसन्धानमा पहिले देखि नै आफ्नो रुची भएकोले काम गर्दै आएको हुँ । यो पुरस्कारले मलाई थप काम गर्नका लागि लागि उर्जा भने अवश्य मिलेको छ,’ उनले भने ।

यस्तै नास्टले यस वर्षको विज्ञान पुरस्कार भने युवा वैज्ञानिक उत्तमबाबु श्रेष्ठलाई दिइने भएको छ । विदेशमा रहेका उनी दुई वर्षअघि नेपाल फर्केर काठमाडौँमा संस्था खोलेर अध्ययन तथा अनुसन्धानको काममा लागेका छन् ।

यस्तै प्रकृति संरक्षण कोष पुरस्कार विश्व वन्यजन्तु नेपाललाई, कूलपति राष्ट्रिय नवप्रवर्तद्धन पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रलाई र विज्ञान पत्रकारिता पुरस्कार पत्रकार गोविन्द पोखरेललाई प्रदान गरिने भएको छ । विज्ञान तथा प्रविधि युवा पुरस्कार डा. भेषराज थापा लगायतलाई दिने निर्णय भएको नास्टले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *