बीएण्डसीले छिट्टै सम्बन्धन पाउँछ : प्रधानमन्त्री ओली
झापा, १८ फागुन । प्रधानमन्त्री केपी शर्मा आलीले बी एण्ड सी मेडिकल कलेजले छिट्टै सम्बन्धन पाउने बताएका छन् ।
आज झापाको बिर्तामोड नगरपालिका वडा नं ५ मा नवनिर्मित पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री ओलीले बी एण्ड सी मेडिकल कलेजले काठमाडौँ बिश्वबिद्यालय (केयू) बाट सम्बन्धन पाउने र त्यसको लागि प्रक्रिया अघि बढेको समेत जनकारी दिए ।
सो अवसरमा उनले अस्पताल परिसरमा रहेको शिलालेख अनावरण गरी कक्षहरु अवलोकन पनि गरेका थिए ।
ती सय शय्याको सो अस्पताल रु ६०० करोड भन्दा बढी लगानीमा व्यवसायी दुर्गा प्रसाईंले स्थापना गरेका हुन् । बीएण्डसी अस्पताल र पूर्वाञ्चल क्यान्सर अस्पताल एउटै परिसरमा रहेको छ ।
सम्पर्क इमेल : [email protected]