कोरोना भाइरसबाट ब्राजिलमा एकै दिनमा १ हजार ३५१ जनाको मृत्यु

192
Shares


साओ पाउलो, ३० माघ । ब्राजिलमा गत २४ घण्टामा कोरोना भाइरस संक्रमणको कारण १ हजार ३५१ जनाको मृत्यु भएको सरकारी स्रोतले शुक्रबार जानकारी दिएको छ ।

सो अवधीमा ब्र्राजिलमा ५४ हजार ७४२ जना थप व्यक्ति कोरोना भाइरस संक्रमित भएपछि कुल संक्रमितको संख्या ९७ लाख १३ हजार ९०९ जना पुगेको सिन्हवा समाचार समितिले जानकारी दिएको छ ।

ब्राजिलमा कोरोना भाइरसको संक्रमण शुरुभए यता हालसमम २ लाख ३६ हजार २०१ जनाको मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । कोरोना भाइरसबाट विश्वभरी १० करोड ८३ लाख भन्दा बढी संक्रमित भएका छन् । यसको संक्रमणको कारण विश्वभरी २३ लाख ७९ हजार भन्दा बढीको मृत्यु भएको छ ।

सन् २०१९ को डिसेम्बरबाट चीनको हुबे प्रान्तको वुहान शहरबाट शुरु भएको यस कोरोना भाइरस संक्रमणबाट ८ करोड ३ लाख ६० हजार भन्दा बढी व्यक्ति मुक्त भएका छन् ।    रासस/सिन्ह्वा

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *