चीनद्वारा कोभिड–१९ विरूद्धको दोस्रो खोपलाई आम प्रयोगका लागि अनुमति प्रदान

248
Shares


बेइजिङ, २५ माघ । चीनका औषधि उत्पादन तथा नियमनकारी निकायले कोभिड–१९ विरूद्धको दोस्रो खोपलाई आम प्रयोगका लागि सशर्त अनुमति प्रदान गरेको छ ।

चिनियाँ सिनोभ्याक कम्पनीद्वारा विकसित उक्त कोरोनाभ्याक खोपलाई प्रयोगका लागि सशर्त अनुमोदन गरिएको कम्पनीले शनिबार जानकारी गराएको छ ।

यो खोप कोरोनाभाइरसको जोखिमको उच्च जोखिममा मुख्य समूहहरूमा पहिले नै प्रयोग गरिएको छ तर शनिबारको स्वीकृतिले आम जनतामा यसको प्रयोगको लागि मार्गप्रशस्त गरेको छ । शर्तमा क्लिनिकल परीक्षणहरू सामान्य मापदण्डहरू पूरा गर्न अझै बाँकी रहेपनि आपतकालीन अवस्थामा यसलाई सर्बसाधारणका लागि प्रयोग गर्नसमेत खुला गरिएको छ ।

“ब्राजिल र टर्कीलगायतका देशहरूमा खोपको स्वदेश तथा विदेशमा भएका बहुमुखी परीक्षणपछि यसलाई आम जनतालाई प्रयोग गर्नका लागि स्वीकृति मिलेको छ यद्यपि प्रभावकारिता र सुरक्षा नतीजाहरूबाट यस खोपबारे थप अध्ययन अघि बढ्नु आवश्यक रहनेछ,” सिनोभ्याकले एक विज्ञप्ति जारी गरी बताएको छ । चीनको अर्को एक औषधि कम्पनी सिनोफार्मले यस्तै सर्तमा खोप प्रयोगका लागि डिसेम्बरमा अनुमति पाएको थियो ।

“ब्राजिललगायतका मुलुकमा भएको क्लिनिकल परीक्षणले सङ्क्रमण रोक्नको लागि खोपको करीब ५० प्रतिशत प्रभावकारीता पुष्टि भएको छ भने र सङ्क्रमणपछि चिकित्सकीय उपचारमा ८० प्रतिशत प्रभावकारिता देखिएको छ ।”

परीक्षण नतिजाले खोपको सुरक्षा र सबै उमेर समूहका व्यक्तिमा सङ्क्रमण निर्मुलिकरणमा खोप प्रभावकारी भेटिएको दावी सिनोभ्याकका अधिकारीहरूले गरेका छन् । रासस/एएफपी

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *