ब्राजिलमा कोरोना भाइरस सङ्क्रमितको दैनिक संख्या ५६ हजार भन्दा बढी

108
Shares


साओ पाउलो, २३ माघ । ब्राजिलमा बिहीबार थप ५६ हजार ८७३ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । गत २४ घण्टामा थप एक हजार २३२ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या दुई लाख २८ हजार ७९५ पुगेको छ ।

गत २४ घण्टामा ब्राजिलमा ५६ हजार ८७३ थप व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण भएपछि ब्राजिलमा कुल सङ्क्रमितको संख्या ९३ लाख ९६ हजार २९३ पुगेको छ । ब्राजिलको साओ पाउलोे सबभन्दा बढी कोरोना भाइरस प्रभावित राज्यको रुपमा रहेको छ ।

विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण ज्यान गुमाउने राष्ट्रको रुपमा ब्राजिल हाल दोस्रो स्थानमा रहेको छ । अमेरिका पहिलो, ब्राजिल दोस्रो र भारत तेस्रो स्थानमा रहेको छ । अमेरिकामा कोरोना सङ्क्रमणबाट चार लाख ६६ हजारभन्दा बढीको मृत्यु भएको छ । भारतमा कोरोना सङ्क्रमणबाट एक लाख ५४ हजार ८०० भन्दा बढीको मृत्यु भएको छ ।   रासस/सिन्ह्वा

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *