जर्मनीमा अस्ट्राजेनेकाको कोभिड–१९ विरूद्धको खोप जेष्ठ नागरिकलाई नदिइने

128
Shares


बर्लिन, १६ माघ । एस्ट्रेजेनेकाद्वारा विकास गरेको कोभिड–१९ विरूद्धको खोप ६५ वर्षभन्दा मुनिका व्यक्तिलाई मात्र दिन जर्मनीको खोप आयोग स्टिकोले बिहीबार सिफारिस गरेको छ ।

एस्ट्र्जेनेकाद्वारा विकसित उक्त खोपमा पाका उमेरका व्यक्तिहरूलाई प्रयोग गरी यसको प्रभाबकारिताबारे आवश्यक पर्ने अपर्याप्त तथ्याङ्कको कारण देखाउँदै जर्मनीमा वृद्धवृद्धालाई यसको प्रयोग नगर्न सिफारिस गरिएको हो ।

वैज्ञानिक तथा विशेषज्ञहरूको एक समितिले बेलायतस्थित विश्व प्रसिद्ध अक्सफोर्ड विश्वविद्यालयसँगको सहकार्यमा विकास गरिएको अस्ट्राजेनेकाको खोपलाई १८ वर्ष देखि ६५ वर्ष उमेर समूहमा प्रयोग गर्न सुझाब दिएको हो ।

समितिले भनेको छ, “अहिले उपलब्ध तथ्याङ्कमा ६५ वर्ष र त्योभन्दा बढी उमेर समूहका व्यक्तिमा प्रयोग भइ यसको प्रभावकारिता पुष्टि गर्ने आधारहरू अपर्याप्त देखिएकोले जर्मनीमा उक्त उमेर समूहमा यसलाई प्रयोग नगर्न उचित हुने निष्कर्ष निकालिएको छ ।”   रासस/एएफपी ः

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *