नेपालमा पनि भित्रियो कोरोनाको ‘नयाँ भेरियन्ट’, तीन जनामा संक्रमण
काठमाडौँ, ५ माघ । नेपालमा कोरोनाको नयाँ प्रकार (भेरियन्ट) भित्रिएको छ । बेलायतबाट केही दिन अघि नेपाल आएका तीन जनामा सो भाइरस देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार विहानै विज्ञप्ती जारी गर्दै सो कुराको पुष्टि गरेको हो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार बेलायतबाट आएकाहरुमध्ये तीन जनामा नयाँ प्रकारको भाइरस हो कि होइन भनेर जाँच गर्नका लागि विश्व स्वास्थ्य संगठनको प्रयोगशालामा नमूना पठाइएकोमा आज विहान इमेल मार्फत नतिजा प्राप्त भएको हो । नयाँ प्रक्रारको भाइरस देखिनेमा २८ बर्षीया महिला र ६७ बर्षीय र ३२ बर्षीय पुरुष रहेका छन् ।
मन्त्रालयले नयाँ प्रकारको भाइरसबाट संक्रमितमध्ये २८ बर्षीया महिला र ३२ बर्षीय पुरुषको हाल रिपोर्ट नेगेटिभ आइसकेको समेत जानकारी दिएको छ । ६७ बर्षीय पुरुषको रिपोर्ट पोजेटिभ भएपनि लक्षण नदेखिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले नेपालमा कोरोनाको जोखिम कायमै रहेको भन्दै स्वास्थ्य सावधानी अपनाउन अनुरोध गरेको छ ।

सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 



