भारतमा कोरोनाबिरुद्धको खोप अभियान शुरु, पहिलो दिन ३ लाख १५ हजार बढीलाई लगाईँदै

204
Shares

नयाँ दिल्ली, ३ माघ । भारतमा कोरोनाबिरुद्धको खोप अभियान शुरु भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार विहान १० : ३० बजे भिडियो कन्फ्रेन्सिङको माध्यमद्धारा अभियानको शुभारम्भ गरेका हुन् ।

सो अवसरमा उनले कोरोनाबिरुद्धको खोप निकै छोटो समयमा आएको र देशले विश्वकै सबैभन्दा ठूलो खोप अभियान शुरु गरेको भन्दै देशवासीहरुलाई बधाई दिएका छन् ।

उनले पहिलो चरणमा ३ करोड जनतालाई खोप दिने र दोस्रो चरणमा ३० करोड बढीलाई खोप दिने योजना बनाएको सुनाए । उनले यो अभियान विश्वकै सबैभन्दा ठूलो खोप अभियान भएको समेत दावी गरे ।

भारतमा आजबाट सबै २९ राज्य र केन्द्रद्धारा शासित प्रदेशहरुमा अभियान शुरु हुँदैछ । त्यसका लागि ३ हजार ६ वटा क्षेत्र तोकिएको छ ।
पहिलो चरणमा हेल्थवर्कर र प्रन्टलाइन वर्करलाई खोप दिइने बताइएको छ ।

पहिलो दिन आज हरेक क्षेत्रमा कम्तीमा १ सय जनामा यो खोप लगाइने छ । अभियानमा आज पहिलो दिन देशभरका ३ लाख १५ हजार ३७ जनामा खोप लगाइने भएको छ ।

अक्सफोर्ट युनिभर्सिटी र एस्ट्राजेनेकाले विकास गरेको कोभिशिल्ड जो भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरिरहेको छ, सो खोप र भारत बायोन्टेकले उत्पादन गरिरहेको कोभ्याक्सिनलाई भारतले आपतकालिन प्रयोगका लागि अनुमति दिएको छ ।

आजबाट शुरु भएको अभियानमा यी दुई कम्पनीबाट उत्पादिक खोपहरु लगाइदै छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *