भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड चार लाख ७९ हजार भन्दा बढी

68
Shares


नयाँदिल्ली,२८ पुस । भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या मङ्गबारसम्म एक करोड चार लाख ७९ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १२ हजार ५८४ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड चार लाख ७९ हजार १७९ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

गत २४ मा भारतमा कोरोना सङ्क्रमणको कारण १६७ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५१ हजार ३२७ जना पुगेको छ । भारतमा कोरोना भाइरस सङ्क्रमणको कारण २०० भन्दा कम व्यक्तिको मृत्यु आज दोस्रो दिन भएको सो मन्त्रालयले जानकारी दिएको छ

मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड एक लाख भन्दा बढी व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा दुई लाख १६ हजार ५५८ सक्रिय सङ्क्रमित रहेका छन् ।
भारतको राष्ट्रिय राजधानी दिल्लीमा आइतबार ३०६ जना थप व्यक्तिमा कोरोना भाइरसका सङ्क्रमण देखिएको र १३ जनाको मृत्यु भएको छ । भारतमा कोभिड¬¬–१९ शुरु भएयता भाइरस सङ्क्रमणको कारण दिल्लीमा १० हजार ६९१ भन्दा बढीको मृत्यु भइसकेको छ ।

यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले आइतबारसम्म देशभर १८ करोड २६ लाख ५२ को हाराहारीमा नमूना परीक्षण गरेको छ । हिजो सोमबार एक दिनमा ८ लाख ९७ हजार ५६ जनाको कोभिड¬–१९ परीक्षण गरेको छ । रासस÷सिन्ह्वा

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *