भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९६ लाख नाघ्यो

96
Shares


नयाँदिल्ली, २० मंसिर । भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९६ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार जनाएको छ ।

भारतमा शुक्रबार थप ३६ हजार ६३५ जना थप व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि कोरोना भाइरस संक्रमितको संख्या ९६ लाख ८ हजार २१८ पुगेको सो मन्त्रालयले जानकारी दिएको हो । जसमध्ये ९० लाख भन्दा बढी संक्रमणमुक्त भएका छन् ।

सो मन्त्रालयका अनुसार हाल ४ लाख ९ हजार ८६० व्यक्ति अझै पनि सक्रिय संक्रमित अवस्थामा छन् । भारतमा एकै दिन ५० हजारभन्दा कम संक्रमित भेटिएको यो लगातार ३० औं दिन हो ।भारतमा कोरोना भाइरस संक्रमणबाट २४ घण्टामा थप ५०९ जनाको मृत्यु भएको र यो सहित भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ३९ हजार ७०० पुगेको छ ।

भारतभरी सव भन्दा बढी कोरोना भाइरस प्रभावित राज्य महाराष्ट्रमा १८ लाख ४२ हजार रहेको ५७७ संक्रमित र भइसेकेका छन् । संक्रमणको कारण यहाँ ४७ हजार ५९९ व्यक्तिको मृत्यु भएको छ । कोरोना भाइरसको कारण दोस्रो प्रभावित दिल्लीमा ५ लाख ८६ हजार १२५ संक्रमित भएका छन् ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषदले भारतमा कुल १४ करोड ५८ लाख ८५ हजार नमूना परीक्षण गरेको जनाएको छ । रासस/एएनआई

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *