अमेरिकामा कोरोना संकट गहिरियो, क्यालिफोर्नियामा घरमै बस्न आदेश

144
Shares


क्यालिफोर्निया, ५ मंसिर । कोरोनाभाइरसको संक्रमण अत्यधिक बृद्धि हुँदै गएको भन्दै अमेरिकाको क्यालिफोर्निया राज्यमा मानिसलाई घरमै बस्न आदेश दिइएको छ ।

क्यालिफोर्नियाको सार्वजनिक स्वास्थ्य विभागले अत्यावश्यक काम बाहेक अन्य अवस्थामा घर बाहिर ननिस्कन जारी गरेको आदेशमा उल्लेख गरिएको छ ।

शनिबारदेखि लागु हुने आदेश आगामी डिसेम्बर २१ तारिखसम्म कायम रहने र आवश्यकता अनुसार फेरि थप हुनसक्ने अधिकारीहरुले जनाएका छन् ।

“हाम्रो राज्यमा महामारी बढ्दै गइरहेको छ, केही हप्ता जटिल र संकटपूर्ण हुने देखिएको छ, त्यसैले हामी सबैले उच्च सतर्कता अपनाउन आवश्यक छ,” क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले भने ।

क्यालिफोर्नियामा अहिलेसम्म दश लाख ५९ हजार २६७ जना सङ्क्रमित भएका छन् भने १८ हजार ४६६ जनाको मृत्यु भएको छ । ९रासस(एएनआई० स्

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *