खोप र बैज्ञानिकलाई विश्वास गर्नु, ट्रम्पलाई नगर्नु : बाइडेन

16
Shares

वासिङ्टन, २ असोज । अमेरिकाको राष्ट्रपति पदका उम्मेदवार जोए बाइडेनले आफूले खोप र बैज्ञानिकहरुलाई विश्वास गर्ने तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विश्वास नगर्ने बताएका छन् ।

राष्ट्रपति ट्रम्पले कतिपय अबैज्ञानिक, अव्यवहारिक र अस्वभाविक कुरा गरेको त्यस्ता कुरामा विश्वास गरेको भन्दै उनले आलोचना समेत गरे ।

ट्रम्पका धेरै गतल भूमिकाले अमेरिका र अमेरिकी जनतालाई क्षति पुगेको भन्दै उनले ट्रम्पलाई विश्वासन नगर्न पनि समेत आव्हान गरे । अमेरिकाको आगामी राष्ट्रपति निर्वाचनमा प्रतिश्पर्धी ट्रम्प र बाइडेनले कोरोना भाइरसको नियन्त्रण र त्यसका लागि गर्ने प्रयासका विषयलाई लिएर मतदाताको मन जित्ने प्रयास गरिरहेका छन् ।

बाइडेनले कोरोनाभाइरस विरुद्धको खोपमा ट्रम्पले राजनीति गरेको हुनसक्ने आशंका पनि समेत गरेका छन् । सार्वजनिक स्वास्थ्य विज्ञहरुसँग कोरोनाभाइरसको नियन्त्रण र त्यसका लागि गर्नु पर्ने र गर्न सकिने कामका बारेमा परामर्श गरेपछि उनले यस्तो बताएका हुन् ।

वाइडेनले भने, “मैले बैज्ञानिकहरुलाई विश्वास गर्छु, मैले खोपमा विश्वास गर्छु, तर म डोनाल्ड ट्रम्पलाई विश्वास गर्दिन ।”उनले अमेरिकी नागरिकहरुले पनि आफूले जस्तै बैज्ञानिकहरु र खोपमा विश्वास गर्ने, ट्रम्पलाई विश्वास नगर्ने ठोकुवा गरे ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *