तीन जना डाक्टर नवौँ तहमा बढुवा

0
Shares

काठमाडौँ – लोक सेवा आयोगले स्वास्थ्य सेवा अन्तर्गतका तीन जना चिकित्सकलाई नवौँ तहमा बढुवा गरेको छ । बढुवा हुनेहरुमा कन्सलटेन्ट नेफ्रोलोजिष्ट डा. अनिल बराल, कन्सलटेन्ट ग्यास्टोइन्टेरोलोजिष्ट डा.भूपेन्द्रकुमार बस्नेत र डा. जितेन्द्रकाजी श्रेष्ठ छन् ।

बुधबार स्वास्थ्य मन्त्रालयको बढुवा समितिको सचिवालयले प्रकाशित गरेको सूचनामा कन्सलटेन्ट नेफ्रोलोजिष्टमा दुई पद मागेकोमा एक पद मात्रै बढुवा गरेको जनाएको छ । डा. बराल र डा. बस्नेत बीर अस्पतालका चिकित्सक हुन् ।

badhuwa

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *