तीन जना डाक्टर नवौँ तहमा बढुवा
काठमाडौँ – लोक सेवा आयोगले स्वास्थ्य सेवा अन्तर्गतका तीन जना चिकित्सकलाई नवौँ तहमा बढुवा गरेको छ । बढुवा हुनेहरुमा कन्सलटेन्ट नेफ्रोलोजिष्ट डा. अनिल बराल, कन्सलटेन्ट ग्यास्टोइन्टेरोलोजिष्ट डा.भूपेन्द्रकुमार बस्नेत र डा. जितेन्द्रकाजी श्रेष्ठ छन् ।
बुधबार स्वास्थ्य मन्त्रालयको बढुवा समितिको सचिवालयले प्रकाशित गरेको सूचनामा कन्सलटेन्ट नेफ्रोलोजिष्टमा दुई पद मागेकोमा एक पद मात्रै बढुवा गरेको जनाएको छ । डा. बराल र डा. बस्नेत बीर अस्पतालका चिकित्सक हुन् ।