काठमाडौँ उपत्यकामा थपिए १५ जना कोरोना संक्रमित

0
Shares


काठमाडौँ, १४ साउन । काठमाडौँ उपत्यकामा आज थप १५ जनामा कोरोना भाइरस(कोभिड-१९)संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँका १४ जना र भक्तपुरका १ जना गरी १५ जना संक्रमित थपिएको बताए ।

यो संगै पछिल्लो चौविस घण्टामा देशभर थप २१० जनामा कोरोना भाइरस(कोभिड-१९)संक्रमण देखिएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *