पछिल्लो चौविस घण्टामा ३१४ जना थपिए कोरोना संक्रमित, कुल संक्रमितको संख्या ३ हजार ७६२ पुग्यो

काठमाडौँ, २६ जेठ । पछिल्लो चौविस घण्टामा देशभर थप ३१४जनामा कोरोना संक्रमण देखिएको छ । जसमा २९४ जना पुरुष र २० जना महिला रहेका छन् ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ७६२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित कोरोना अपडेटमा प्रवक्ता डा जागेश्वर गौतमले देशभरका बिभिन्न जिल्लामा रहेका प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुको पोजेटिभ देखिएको बताए ।

यो संगै अहिलेसम्म ४८८ जना कोरोना जितेर घर फर्केका छन्।  जसामा ४१९ जना पुरुष र ६९ जना महिला रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *