पछिल्लो चौविस घण्टामा ३१४ जना थपिए कोरोना संक्रमित, कुल संक्रमितको संख्या ३ हजार ७६२ पुग्यो

काठमाडौँ, २६ जेठ । पछिल्लो चौविस घण्टामा देशभर थप ३१४जनामा कोरोना संक्रमण देखिएको छ । जसमा २९४ जना पुरुष र २० जना महिला रहेका छन् ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ७६२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित कोरोना अपडेटमा प्रवक्ता डा जागेश्वर गौतमले देशभरका बिभिन्न जिल्लामा रहेका प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुको पोजेटिभ देखिएको बताए ।
यो संगै अहिलेसम्म ४८८ जना कोरोना जितेर घर फर्केका छन्। जसामा ४१९ जना पुरुष र ६९ जना महिला रहेका छन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



