रौतहट र बाराका थप ९ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या ३०४ पुग्यो

0
Shares

काठमाडौँ, ५ जेठ । रौतहट र बारामा गरी थप ९ जनामा कोरोना भाइरस (कोभिड – १९)को संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको पीसीआर परीक्षणमा रौतहटको इशानाथ नगरपालिकाका ७ जना माधवनारायण नगरपालिकाका १ जना र बारा करैयामाईका १ जनामा संक्रमण देखिएको हो ।

यो संगै देशभर कोरोना संक्रमित हुनेको संख्या ३०४ पुगेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले रौतहटको इशानाथ नगरपालिका वडा नं २, ३, ६ र ९ वडाका २१, २१, २३, २५, २५, २९ र ३० बर्षका पुरुषहरु र माधवनारायण नगरपालिका ३ निवासी २८ बर्षीया महिला भएको जानकारी दिए । यस्तै बाराको करैयामाई ५ निवासी ३८ बर्षका पुरुषमा पनि संक्रमण देखिएको छ ।

आइतबार मात्रै रौतहटको ईशानाथ नगरपालिका ३ र ५ नंम्बर वडाका ३ जना पुरुषहरुमा कोरोना संक्रमण देखिएको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *