रौतहट र बाराका थप ९ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या ३०४ पुग्यो

काठमाडौँ, ५ जेठ । रौतहट र बारामा गरी थप ९ जनामा कोरोना भाइरस (कोभिड – १९)को संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको पीसीआर परीक्षणमा रौतहटको इशानाथ नगरपालिकाका ७ जना माधवनारायण नगरपालिकाका १ जना र बारा करैयामाईका १ जनामा संक्रमण देखिएको हो ।

यो संगै देशभर कोरोना संक्रमित हुनेको संख्या ३०४ पुगेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले रौतहटको इशानाथ नगरपालिका वडा नं २, ३, ६ र ९ वडाका २१, २१, २३, २५, २५, २९ र ३० बर्षका पुरुषहरु र माधवनारायण नगरपालिका ३ निवासी २८ बर्षीया महिला भएको जानकारी दिए । यस्तै बाराको करैयामाई ५ निवासी ३८ बर्षका पुरुषमा पनि संक्रमण देखिएको छ ।

आइतबार मात्रै रौतहटको ईशानाथ नगरपालिका ३ र ५ नंम्बर वडाका ३ जना पुरुषहरुमा कोरोना संक्रमण देखिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *