काठमाडौं र कपिलवस्तुमा गरी थप दुई जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या २४५ पुग्यो

368
Shares

काठमाडौँ, १ जेठ । काठमाडौँ र कपिलवस्तुमा गरी थप दुई जनामा कोरोना संक्रमण देखिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पीसीआर विधिबाट गरिएको परीक्षणबाट काठमाडौँ चन्द्रागिरी निवासी ३२ बर्षीय पुरुष र कपिलवस्तुकी ६ बर्षीया बालिकामा संक्रमण देखिएको हो ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु दुबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको बताए ।

विहीबार विहान थपिएको २ संगै देशभर कुल कोरोना संक्रमितको संख्या २४५ पुगेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *