काठमाडौं र कपिलवस्तुमा गरी थप दुई जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या २४५ पुग्यो

काठमाडौँ, १ जेठ । काठमाडौँ र कपिलवस्तुमा गरी थप दुई जनामा कोरोना संक्रमण देखिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पीसीआर विधिबाट गरिएको परीक्षणबाट काठमाडौँ चन्द्रागिरी निवासी ३२ बर्षीय पुरुष र कपिलवस्तुकी ६ बर्षीया बालिकामा संक्रमण देखिएको हो ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु दुबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको बताए ।

विहीबार विहान थपिएको २ संगै देशभर कुल कोरोना संक्रमितको संख्या २४५ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *