कपिलवस्तु र नेपालगञ्जमा गरी थप दुई जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २१९ पुग्यो

272
Shares

काठमाडौँ, ३१ वैशाख । नेपालमा आज कपिलवस्तु र नेपालगञ्जमा गरी थप दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

धुलिखेल अस्पतालस्थित प्रयोगशालामा परीक्षण गर्दा नेपालगञ्ज वडा नं. ८ निवासी ३६ वर्षका पुरुषमा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा कपिलवस्तु नगरपालिका– ५ का २२ वर्षका युवकमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २१९ पुगेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *