कपिलवस्तु र नेपालगञ्जमा गरी थप दुई जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २१९ पुग्यो
काठमाडौँ, ३१ वैशाख । नेपालमा आज कपिलवस्तु र नेपालगञ्जमा गरी थप दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
धुलिखेल अस्पतालस्थित प्रयोगशालामा परीक्षण गर्दा नेपालगञ्ज वडा नं. ८ निवासी ३६ वर्षका पुरुषमा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा कपिलवस्तु नगरपालिका– ५ का २२ वर्षका युवकमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २१९ पुगेको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]