कोरोना संक्रमणमा परी उपचार गराएका थप दुई जना अस्पतालबाट डिस्चार्ज

160
Shares


काठमाडौँ, २९ बैशाख । कोरोना संक्रमणमा परी उपचार गराएका थप दुईजना अस्पतालबाट डिस्चार्ज भएका छन् ।

कोसी अस्पताल विराटनगरमा उपचाररत दुई जना संक्रमित डिस्चार्ज भएका छन् । भोजपुरका २६ वर्षका पुरुष १८ औं दिन र झापाका ४८ वर्षका पुरुष १५ औं दिनमा डिस्चार्ज भएका हुन् ।

हालसम्म नेपालमा १२१ जनामा कोरोना संक्रमण देखिएको छ। जसमध्ये ३३ जना उपचारपछि डिस्जार्च भइसकेका छन्। बाँकी संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *