कोरोना संक्रमणमा परी उपचार गराएका थप दुई जना अस्पतालबाट डिस्चार्ज


काठमाडौँ, २९ बैशाख । कोरोना संक्रमणमा परी उपचार गराएका थप दुईजना अस्पतालबाट डिस्चार्ज भएका छन् ।

कोसी अस्पताल विराटनगरमा उपचाररत दुई जना संक्रमित डिस्चार्ज भएका छन् । भोजपुरका २६ वर्षका पुरुष १८ औं दिन र झापाका ४८ वर्षका पुरुष १५ औं दिनमा डिस्चार्ज भएका हुन् ।

हालसम्म नेपालमा १२१ जनामा कोरोना संक्रमण देखिएको छ। जसमध्ये ३३ जना उपचारपछि डिस्जार्च भइसकेका छन्। बाँकी संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *