वीरगञ्जमा थप १७ जनामा कोरोना पोजेटिभ

काठमाडौँ, २४ बैशाख । पर्साको बीरगञ्जमा थप १७ जनामा कोरोना पोजेटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भर्खरै दिएको जानकारी अनुसार राष्टिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा पोजेटिभ देखिएको हो ।
संक्रमित हुनेमा २ महिनाको बच्चा देखि ६६ बर्ष सम्मका रहेको बताइएको छ ।
यो संगै कुल संक्रमितको संख्या ९९ पुगेको छ । डा देवकोटाले यसअघि कोरोना मुक्त भएर पाटन अस्पताल र नारायणी अस्पतालबाट डिस्चार्ज भएका क्रमश एक जना र दुई जनामा पुन कोरोना संक्रमण देखिएको भन्दै उनीहरुलाई पुन अस्पतालमा ल्याएर उपचार शुरु गरिएको बताए ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



