वीरगञ्जमा थप १७ जनामा कोरोना पोजेटिभ

काठमाडौँ, २४ बैशाख । पर्साको बीरगञ्जमा थप १७ जनामा कोरोना पोजेटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भर्खरै दिएको जानकारी अनुसार राष्टिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा पोजेटिभ देखिएको हो ।

संक्रमित हुनेमा २ महिनाको बच्चा देखि ६६ बर्ष सम्मका रहेको बताइएको छ ।

यो संगै कुल संक्रमितको संख्या ९९ पुगेको छ । डा देवकोटाले यसअघि कोरोना मुक्त भएर पाटन अस्पताल र नारायणी अस्पतालबाट डिस्चार्ज भएका क्रमश एक जना र दुई जनामा पुन कोरोना संक्रमण देखिएको भन्दै उनीहरुलाई पुन अस्पतालमा ल्याएर उपचार शुरु गरिएको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *