पर्सा र नेपालगञ्जमा गरी थप १० जनामा कोरोना पोजेटिभ, संक्रमितको संख्या ६९ पुग्यो

336
Shares


काठमाडौँ, २१ वैशाख । पर्सा र नेपालगञ्जमा गरी थप १० जनामा कोरोना भाइरस (कोभिड१९) संक्रमण भेटिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमण हुनेमा पर्सामा १  र नेपालगञ्जमा ९ जना रहेका छन्  ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार पर्साका ३६ वर्षीय पुरुष र नेपालगञ्जका ५ जना पुरुष र ४ जना महिलामा संक्रमण देखिएको हो।

यो संगै कोरोना संक्रमितको कुल संख्या  ६९ पुगेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *