बारा र पर्सामा गरी थप तीन जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या ५७ पुग्यो

752
Shares

काठमाडौँ, १७ बैशाख । बुधबार थप तीन जनामा कोरोना भाइरस (कोभिड – १९) को संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो।

तीनमध्ये दुई जना बारा र एक जना पर्सा का छन्। उनीहरु ५०, ४६ र ३१ बर्षका पुरुषहरु हुन् । उनीहरु सबै स्थानीय हुन् ।

स्रोतका अनुसार बाराका दुई जनामध्ये एक सिम्रौनगढका नगरपालिका १ का र अर्का जितपुर सिमरा उपमहानगरपालिकाका हुन् । यस्तै पर्सामा संक्रमण देखिएका पुरुष वीरगञ्ज महानगरपालिका २ छपकैयाका हुन् ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ । यी मध्ये १६ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

आज संक्रमण देखिएका तिनै जनालाई नारायणी अस्पताल लैजाने तयारी भएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *