बारा र पर्सामा गरी थप तीन जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या ५७ पुग्यो
काठमाडौँ, १७ बैशाख । बुधबार थप तीन जनामा कोरोना भाइरस (कोभिड – १९) को संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो।
तीनमध्ये दुई जना बारा र एक जना पर्सा का छन्। उनीहरु ५०, ४६ र ३१ बर्षका पुरुषहरु हुन् । उनीहरु सबै स्थानीय हुन् ।
स्रोतका अनुसार बाराका दुई जनामध्ये एक सिम्रौनगढका नगरपालिका १ का र अर्का जितपुर सिमरा उपमहानगरपालिकाका हुन् । यस्तै पर्सामा संक्रमण देखिएका पुरुष वीरगञ्ज महानगरपालिका २ छपकैयाका हुन् ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ । यी मध्ये १६ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।
आज संक्रमण देखिएका तिनै जनालाई नारायणी अस्पताल लैजाने तयारी भएको छ ।
सम्पर्क इमेल : [email protected]