कोरोना भाइरसको नमूना लिन नेपालगञ्ज पुगेको जहाज ‘रन-वे’ मा चिप्लियो
काठमाडौँ, १५ चैत । कोरोना भाइरसको स्वाव लिन नेपालगञ्ज पुगेको नेपाल एयरलायन्सको विमान अवतरणको क्रममा धावनमार्गमा चिप्लिएको छ । नेपालगञ्ज एयरपोर्टको धावनमार्गमा एन ए को वाई १२ जहाज चिप्लिएर घाँसे मैदानमा पुगेको स्थानीय पत्रकार गोविन्द शर्माले जानकारी दिए ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जाहाजमा सामान्य क्षति भएपनि मानवीय क्षति नभएको बताए उनले अब कोरोना भाइरसको सम्भावित संक्रमितको नमुना लिन अर्को विमान जाने बताए ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



