स्वास्थ्य सेवा विभागद्धारा २४ चिकित्सक र ५४ नर्सका लागि जागिरको अवसर
काठमाडौँ, ११ चैत । स्वास्थ्य सेवा विभागले करार सेवामा पदपूर्ति गर्नका लागि २४ चिकित्सक र ५४ नर्सका लागि दरखास्त आवहान गरेको छ । विभागले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ को रोकथाम तथा नियन्त्रण सम्वनधी काममा खटाउन दरखास्त आवहान गरेको हो ।
विभागले एनेस्थेसियोलोजिष्ट नवौँ तह(४ जना), एमडी इन्टरनल मेडिसिन र क्रिटिकल कियर) नवौँ तह ४ जना र मेडिकल अधिकृत –आठौँ तह १६ जना मागेको छ । यस्तै नर्सिङ अधिकृत (सातौँ तह) ४ जना र स्टाफ नर्स (पाँचौँ तह) ५० जना रहेको छ ।
हेरौँ सूचना

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



